FAQs Complain Problems

दार्मा गाँउपालिकाको आधिकारिक वेबसाईटमा स्वागत छ ।

            दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका  ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा  ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका  र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न. ४   ,पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका ,उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको  वागचौर नगर पालिका पर्दछ ।दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखी २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखिी १०९७  देखि २४८७ मिटर सम्मको  उचाइमा अवस्थित  छ । 
सल्यान जिल्लाको दार्मा गाउँपालिका ,पूर्वाधार , मानव संशाधन विकास जस्ता हिसावले पछाडी परेको गाउँपालिका भएता पनी यहाँको प्राकृतिक श्रोत साधनको हिसावले  अत्यन्तै विकासको सम्भावना वोकेको गाउँपालिका हुनुको साथै उत्प्रेरित समुदायकोे हिसावले गर्दा दरिलो र दिगो विकासको श्रोत मान्न सकिन्छ । २०६८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या १९९६६रहेको छ ।जस मध्यमा महिलाको संख्या १०२२०(५१.१८प्रतिशत)पुरुषको संख्या ९७४६(४८.८१ प्रतिशत) रहेको छ  भने ३४६० घरधुरी रहेका छन ।   यस गाउँपालिकामा वहुभाषा वहुजातीको वसोवास रहेकोहुदा जातीगत र धार्मिक विविधता रहेको पाईन्छ । २०६८ को जन गणनालाई आधार मान्दा यस गाउँपालिकामा पहिलोमा क्षेत्रि ,दोस्रोमा व्राहमण  र तेस्रोमा दलित तथा जनजातीको वसोवास रहेको पाईन्छ । औषत आम्दानीको हिसावले सवै भन्दा वढी कृषि व्यवसायले ओगटेको छ । अन्य स्थानीय वासीहरुको आम्दानीको श्रोतहरुमा व्यापार ,नोकरी ,उद्योगको साथै वैदेशिक रोजगारी रहेको छ ।  यस गाउँपालिकामा आधारभूत तह देखि उच्च शिक्षा सम्म शिक्षा प्रदान गर्ने शैक्षिक संस्था रहेका छन ।यस गाउँपालिकामा सामुदायिक र संस्थागत दुवै तर्फ  गरी संस्थागत २ वटा ३१ वटा आधारधूत  ५वटा माध्यामिक , १ क्याम्पसर  र १ सामुदायिक अध्ययन केन्द्र  शिक्षण संस्थाहरु रहेका छन । विगत लामो समय सम्म स्थानिय चुनाव नहुदा जनप्रतिनिधहरुको अभावले गर्दा गाउँपालिकामा अपेक्षित विकासहुन नसकिरहेको अवस्थामा  विगत डेढ वर्ष पहिले सम्पन्न स्थानीय चुनाव पश्चात जनसमुदायका जिज्ञासा र आवस्यकतालाई क्रमिक रुपले सम्वोधन हुदै गएको हुदा ती आशाहरु पुरा भई अपेक्षित उपलव्धी हुने देखिन्छ । संस्कृतिक विविधता रहेको यस गाउँपालिकामा विभिन्न किसिमका चाडपर्वहरु जस्तै दशैं,तिहार ,माघी,कृष्णाजन्माष्टमी,होली,महाशिवरात्रि ,चैते दशैं जस्ता चाडपर्वहरु मनाउने गरिन्छ । धार्मिक हिसावले यस गाउँपालिकामा हिन्दु र क्रिष्चियन धर्मावलम्वि रहेका छन ।