समाचार
दार्मा गाउँपालिकामा पहिलो पटक खानेपानी सुरक्षा योजना (WSP+++) कार्यशाला गोष्ठी सम्पन्न
दार्मा गाउँपालिकामा पहिलो पटक खानेपानी सुरक्षा योजना (WSP+++) कार्यशाला गोष्ठी सम्पन्न
दार्मा गाउँपालिका, सल्यान।
दार्मा गाउँपालिकामा खानेपानीको गुणस्तर, सुरक्षा तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले पहिलो पटक खानेपानी सुरक्षा योजना (Water Safety Plan – WSP+++) सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
दार्मा गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गाउँपालिकाभित्रका सबै खानेपानी योजनाहरूमा खानेपानी सुरक्षा योजना लागू गर्ने नीतिलाई कार्यान्वयनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा खानेपानीको मुहानदेखि उपभोक्ताको धारासम्म पानीको गुणस्तर सुरक्षित राख्ने, सम्भावित जोखिमको पहिचान तथा विश्लेषण गर्ने र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने विषयमा छलफल गरिएको थियो।
सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को सहजीकरणमा सम्पन्न कार्यशालाले गाउँपालिकाभित्रका खानेपानी योजनाहरूलाई सुरक्षित, व्यवस्थित, दिगो तथा गुणस्तरीय बनाउँदै स्वच्छ खानेपानीमा नागरिकको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खानेपानी सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू र सम्बन्धित सरोकारवालाहरूबीच समन्वय, सहकार्य तथा जिम्मेवारीबोध आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।
“सुरक्षित खानेपानी, स्वस्थ नागरिक र समृद्ध दार्मा निर्माण हाम्रो साझा प्रतिबद्धता।”












