समाचार
एच.पि.भि. (HPV) खोप सम्बन्धी
आज मिति २०८२/१०/२६ गते दार्मा गाउँपालिकामा गाउँपालिका खोप समन्वय समिति तथा स्वास्थ्यकर्मीहरूका लागि एच.पि.भि. (HPV) खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा एच.पि.भि. खोपको महत्व, लक्षित समूह, खोप सञ्चालन प्रक्रिया तथा समुदायस्तरमा प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
उक्त अभिमुखीकरण कार्यक्रमले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगको रोकथाममा एच.पि.भि. खोपको भूमिकाबारे स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रमको सफलताका लागि सहयोग पुर्याउनु हुने सबै सरोकारवाला निकाय, पालिका स्तरीय खोप समन्वय समिति सदस्यहरू तथा सहभागी सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई दार्मा गाउँपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
स्वस्थ र सुरक्षित भविष्यका लागि दार्मा गाउँपालिका प्रतिबद्ध छ।



