समाचार
दार्मा गाउँपालिका — अवलोकन तथा अनुभव आदान–प्रदान कार्यक्रम
आज दार्मा गाउँपालिकामा त्रिवेणी गाउँपालिका, रुकुम पश्चिमबाट आउनु भएका
गाउँपालिका उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, WASH फोकल पर्सन,
WASH संयोजक, WASH सल्लाहकार लगायतको टोलीले
“सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (SUSWA)” अन्तर्गत
दार्मा गाउँपालिकामा निर्माण गरिएका खानेपानी तथा सरसफाइसम्बन्धी
कार्य तथा संरचनाहरूको स्थलगत अवलोकन गर्नु भयो।
अवलोकनका क्रममा प्राप्त महत्वपूर्ण सुझाव तथा अनुभवहरूले
आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन
महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौं।
यस क्रममा हामीले पनि धेरै उपयोगी सिकाइका अवसरहरू प्राप्त गरेका छौं।
विशेषगरी दार्मा गाउँपालिका वडा नं. ३ अन्तर्गतका
खानेपानी तथा सरसफाइ योजनाहरूको अवलोकन गरी
आवश्यक सुझावसहित टोली फर्कनु भएको छ।
प्राप्त सुझावहरूलाई आधार मानी
आगामी दिनमा थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
अवलोकन, सुझाव तथा सहकार्यका लागि
सम्पूर्ण टोलीप्रति दार्मा गाउँपालिका हार्दिक धन्यवाद व्यक्त गर्दछ।














