समाचार
दार्मा गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा सभा
दार्मा गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशनको पहिलो बैठकमा सभा अध्यक्षद्वारा आ.व. ०८३/८४ को नीति तथा कार्यक्रम र उपाध्यक्ष /सभा सदस्य जुना मल्लद्वारा अर्थ विधेयक सभामा पेस भएको छ।
उक्त सभालाई जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलज्युले विशेष सम्बोधन गर्दै गाउँसभा अधिवेशन सफलताको शुभकामना दिनुभएको छ।
सभामा राष्ट्रपति रनिङ शील्ड ०८३ मा जिल्ला/प्रदेशको प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीलाई सम्मान समेत गरिएको छ।


















