समाचार
पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा कार्यक्रम
दार्मा गाउँपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजना को सहजीकरण तथा भोटेगारे, पाथिहाल्न,भुर्त्तिबाङ टोल विकास सस्थाको आयोजनामा वडा न.५ वडा सचिव श्री केशव के.सी. र वडा न.६ भुर्तिबाङ टोल विकास सस्थामा वडा न ६ का वडा सचीव खिम बहादुर के सी को कार्यक्रम सञ्चालनमा वडा नं. ५ अन्तर्गत भोटेगारे टोल विकास संस्थाका १२१ घरधुरी , पाथिहाल्न टोल विकास संस्थाका १०५ घरधुरी तथा वडा न. ६ अन्तगत भुर्तिवाङ टोल विकास सस्थाका ६४ घरधुरी ले पूर्ण सरसफाइका ६ वटा सूचक र १८ वटा उपसूचक पूरा गरी औपचारिक रूपमा पूर्ण सरसफाइ उन्मुख टोल विकास संस्था घोषणा भएका छन्।
कार्यक्रमको अध्यक्षता भोटेगारे, पाथीहाल्ने टोल विकास संस्थाको सयुक्त कार्यक्रममा भोटेगारे टोल विकास सस्था अध्यक्ष श्री ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा दार्मा गाउँपालिकाका अध्यक्ष श्री निम बहादुर के.सी. रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा गाउँ पालिका उपाध्यक्ष श्री जुना मल्ल चन्द, फिनिस राजदूत प्रतिनिधि श्री कामना गुरुङ, वडा नं. ५ का वडा अध्यक्ष श्री सुदीप के.सी, वडा न. ६ वडा अध्यक्ष श्री देवी खत्री, सामाजिक विकास समिति संयोजक श्री पुष्पाञ्जली मगर, Sanitation specialist श्री गोविन्दराज रोकाया, GEDSI Specialist श्री राजु तिर्वा,WASH Khabar प्रतिनिधि , WASH सल्लाहकार श्री अम्बादत्त अवस्थी,लगायत जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, FCHV, शिक्षक, पत्रकार, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा दार्मा गाउँपालिकाले भोटेगारे ,पाथिहाल्न तथा भुतिबाङ टोल विकास संस्थाले सरसफाइ, सामाजिक परिचालन तथा सामुदायिक विकासका क्षेत्रमा गरेका नमुना कार्यहरूको उच्च मूल्याङ्कन गर्दै रु. १०,००० नगद पुरस्कार सहित सम्मान गरेको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री निम बहादुर के.सी.ले पूर्ण सरसफाइ उन्मुख घोषणा सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण समुदायलाई बधाई ज्ञापन गर्दै सरसफाइका ६ वटा सूचकहरूको निरन्तर पालना गर्न आग्रह गर्नुभयो। साथै सहभागीहरूबाट घोषणा पत्रसहित सरसफाइ सम्बन्धी सामूहिक प्रतिबद्धता गराउनुभएको थियो। नमुना र अनुकरणीय कार्य गर्ने टोलहरूलाई आगामी दिनमा सम्मान तथा आवश्यक योजनाहरूमा प्राथमिकता प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्दै SUSWA आयोजनाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
सोही अवसरमा दार्मा गाउँपालिकास्तरीय पोषण मेला समेत सम्पन्न भएको थियो। मेलामा स्थानीय रूपमा उत्पादन गरिएका विभिन्न पोषिलो खाद्य परिकारहरूको प्रदर्शनी, स्थानीय झाँकी प्रदर्शन तथा राष्ट्रिय लोकदोहोरी कलाकार देवी बस्नेतबाट सरसफाइ र पोषण सुधारसम्बन्धी सन्देशमूलक सांगीतिक प्रस्तुति रहेको थियो।
पूर्ण सरसफाइ, पोषण सुधार र सामुदायिक विकासका लागि एकजुट भई अघि बढिरहेका भोटेगारे ,पाथिहाल्ने र भुर्तिबाङ सम्पूर्ण समुदायलाई हार्दिक बधाई तथा शुभकामना।























